आज एकैदिन १९ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

434
Shares

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदी दुबैको मूल्य‍‍ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । सोमबार तोलामा २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार २ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।