
काठमाडौं । नेपाली बजारमा बुधबार(आज) सुन र चाँदी दुबैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार १ हजार ४०० रुपैयाँले बढेर तोलामा १ लाख ९४ हजार ४०० रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलाको २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ।







प्रतिक्रिया