
काठमाडौैं । नेपाल नेपाल टेलिकमको फोरजी डेटामा सोमबार दिउँसो २ बजेदेखि समस्या देखिएको छ । फोरजीको मेन कोरमै समस्या देखिएकोले मर्मतको कार्य जारी रहेको नेपाल टेलिकमका सहप्रवक्ता नविनकुमार मिश्रले क्लिकमान्डुलाई बताए ।
उनले भने ‘समस्या फोरजीको मेन कोरमै रहेको भनेर पत्ता लागेको छ । अब छिट्टै डेटा रिस्टोर हुने छ ।’ मेन कोरमै समस्या आएकोले देशैभर फोरजी डेटा साढे २ घण्टादेखि चलेको छैन् ।
टेलिकमको मोबाइल डेटा नचल्दा देशैभरका ग्राहकलाई समस्या भएको छ । टेलिकमले छिट्टै फोरजी सेवा सुचारु गर्ने गरी प्राविधिबाट काम भइरहेको पनि जानकारी दिएको छ ।
यस अघि दुई महिना पहिले पनि टेलिकमको नेटवर्कमा समस्या आएको थियो । त्यतिबेला पनि फोन, डेटा र एसएमएस सबै सेवा अवरुद्ध भएको थियो भने आज भने डेटामा मात्रै समस्या आएको र फोन र एसएसएस भने चलिरहेको टेलिकमको भनाइ छ।








प्रतिक्रिया