
एजेन्सी । भारतको केन्द्र सरकारले शुक्रवार विभिन्न ओटीटी प्ल्याटफर्महरूमा प्रतिबन्धको घोषणा गरेको छ ।
ती प्ल्याटफर्महरूले अश्लील, छाडा र वयस्क सामग्रीहरू र कतिपय अवस्थामा सफ्ट पोर्न नै देखाइरहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको हो ।
आल्ट बालाजी, उल्लु, बिग शट्स, देशीफ्लिक्स, बूमेक्स, नवरस लाइट र गुलाब एपमा प्रतिबन्ध लगाइएको भारतीय अधिकारीहरूले जनाएका छन् ।
डिजिटल प्ल्याटफर्महरूलाई नियमन गर्ने र यौनजन्य सामग्रीलाई अन्लाइनमा भइरहेको खुलेआम प्रसारणमा लगाम कस्ने उद्देश्यले सरकारले यो कदम चालेको बताइएको छ ।
यसअघि गत अप्रिल महिनामा भारतको सर्वोच्च अदालतले केन्द्र सरकारलाई ओटीटी प्ल्याटफर्म र सामाजिक सञ्जालमा अश्लील सामग्रीहरू देखाइएको भन्दै केन्द्र सरकारलाई कदम चाल्न आग्रह गरेको थियो ।
पत्रकार तथा पूर्व सूचना आयुक्त उदय माहुरकर तथा अन्यले दायर गरेको सार्वजनिक सरोकारको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश बीआर गवई र एजी मसिहले केन्द्र सरकारलाई नियमनका लागि आदेश दिएको थियो ।
अदालतले नेटफ्लिक्स, अमेजन प्राइम, आल्ट बालाजी, उल्लु डिजिटल र मुबी जस्ता ओटीटी प्ल्याटफर्म र एक्स, गूगल, मेटा र एप्प्ल लगायतका सामाजिक सञ्जाल प्ल्याटफर्मलाई पनि नोटिस जारी गरेको थियो ।








प्रतिक्रिया