ट्रान्समिसन लाइन बनाउने हाइटेन्सन स्वीचगेयर्सको व्यापार ७३.६०%ले बढ्यो, कतिको गर्‍यो कारोबार ?

168
Shares

काठमाडौं । हाइटेन्सन स्वीचगेयर्स प्रालिको व्यापार ७३.६० प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा ७३.६० प्रतिशतले व्यापार बढेको हो ।

कम्पनीले सन् २०२३ मा १ अर्ब २२ करोड ६५ लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२४ मा २ अर्ब १२ करोड ९७ लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ५० करोड ६८ लाख रुपैयाँ र सन् २०२१ मा ५३ करोड ७८ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२३ मा ५.४१ प्रतिशत खुद नाफा कमाएको कम्पनीले २०२४ मा ५.४४ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा उच्च कारोबार गरेको कम्पनीको व्यापार गत आवको ११ महिनाको अवधिमा भने ह्वात्तै घटेको पाइएको छ ।

गत आवको ११ महिनाको अवधिमा ७५ प्रतिशतले व्यापार घटेको छ । सो अवधिमा ४८ करोड रुपैयाँको मात्रै व्यापार भएको उल्लेख गरेको छ ।

सन् १९८८ मा स्थापना भएको कम्पनीले विशेषगरी इलेक्ट्रिक र सबस्टेशन र ट्रान्समिसन लाइनको निर्माण कार्य गर्दै आएको छ । कम्पनीको चार जनाको स्वामित्व रहेको छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकाली कर्जाका लागि १४ करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ८६ करोड रुपैयाँको रेटिङ गराएको छ ।

द्वारिका श्रेष्ठ अध्यक्ष रहेको कम्पनीले सप्लाई, डेलिभरी, इन्सटलेसन, टेस्टिङ र इलेक्ट्रिक सामग्री सबस्टेसन सामग्री, स्वीचगेयर्स, कन्ट्रोल प्यानल, ट्रान्समिसन र अन्य पावर इन्स्टलेसनको कार्य गर्दै आएको छ ।