काठमाडौं महानगरको आम्दानी १० अर्ब ३२ करोड, खर्च कति?


काठमाडौं । काठमाडौं महानगरले १० अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन गरेका छ । महानगरले चालु आर्थिक वर्षको असार २७ गतेसम्म कुल १० अर्ब ३२ करोड ३० लाख ४९ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको हो ।

यस्तै, महानगरले चालु आर्थिक वर्षमा जम्मा ५२.१३ प्रतिशत खर्च गरेको छ । महानगरपालिकाले ल्याएको २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेटमध्ये खर्च गर्न पाउने अन्तिम मिति असार २५ गतेसम्म १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ खर्च गरेको जानकारी दिएको छ ।

उक्त खर्चमध्ये पुँजीगततर्फ ६ अर्ब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ तथा चालुतर्फ ६ अर्ब ६२ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ ।

यो वर्ष महानगरपालिकाले पुँजीगततर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ तथा चालुतर्फ ९ अर्ब ८२ करोड २० लाख ८५ हजार रुपैयाँ बजेट छुट्टाएको छ । यो खर्च क्रमशः ४४.७२ प्रतिशत र ६३.४२ प्रतिशत बराबर हो ।