पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव पाठकलाई प्रहरीले किन बोलायो ?

630
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले सोधपुछका लागि बोलाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले संविधानले नचिनेको शैलीमा विज्ञप्ति जारी गरेको र फेसबुकमा त्यही भाषा प्रयोग गरेको विषयमा सोधपुछ गर्न उनलाई भद्रकालीस्थित परिसरमा बोलाएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार, पाठकले जारी गरेका वक्तव्यहरूमा ‘श्री ५ महाराजधिराज’ भन्ने संबोधन प्रयोग हुँदै आएकोले त्यसबारे बुझ्न बोलाइएको हो ।

प्रहरीका अनुसार नेपाल सरकारले पूर्वराजालाई त्यस्तो सम्बोधन दिने प्रावधान नभएकोले यो विषय कानुनी रूपमा चासोको विषय बनेको हो।

पाठक पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख हुन् र उनले सामाजिक सञ्जालमार्फत समेत यस्तै शैलीमा वक्तव्य सार्वजनिक गर्ने गरेका छन् ।