एकैदिन ३ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले घटेको छ । 

यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको थियो । 

बुधबार चाँदीको मूल्य ४ हजार ४ सय ८५ रुपैयाँ प्रतितोला कायम भएको छ । मंगलबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५ सय ९० रुपैयाँ रहेकोमा बुधबार १ सय ५ रुपैयाँले घटेको हो ।