
काठमाडौं । विश्वप्रसिद्ध होम अप्लायन्स ब्रान्ड ‘बोस’ले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै ललितपुरको जावलाखेलमा पहिलो ‘बोस ब्रान्ड स्टोर’ सञ्चालनमा ल्याएको छ ।
बीएचएस होम अप्लायन्सले नेपालको प्रतिष्ठित व्यावसायिक समूह लक्ष्मी ग्रुपसँगको दीर्घकालीन सहकार्यलाई थप मजबुत बनाउँदै यो स्टोर सुरु गरेको हो । यससँगै नेपाली उपभोक्ताले अब बोसका विश्वस्तरीय प्रिमियम उत्पादनहरू एउटै छानामुनि प्रत्यक्ष अनुभव र खरिद गर्न पाउनेछन् ।
जावलाखेलस्थित नयाँ स्टोरमा बोसका प्रिमियम होम अप्लायन्स पोर्टफोलियो अन्तर्गतका रेफ्रिजेरेसन, लन्ड्री, डिशवासर, फुड प्रिपरेसन र बिल्ट-इन किचन समाधानहरू राखिएका छन् ।
जर्मन इन्जिनियरिङ र प्राविधिक उत्कृष्टताका लागि चिनिने बोसका उत्पादनहरूले नेपाली उपभोक्तालाई आधुनिक र सहज जीवनशैली प्रदान गर्ने कम्पनीको विश्वास छ ।
विशेषगरी सहरीकरण, बढ्दो आय र प्रविधिमैत्री उपकरणप्रतिको आकर्षणले गर्दा नेपालमा प्रिमियम होम अप्लायन्सको बजार तीव्र रूपमा विस्तार भइरहेको सन्दर्भमा यो स्टोर सञ्चालनमा ल्याइएको हो ।
स्टोरको उद्घाटन अवसरमा बीएचएस होम अप्लायन्स इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सैफ खानले नेपालको उपभोक्ता बजार उत्साहजनक चरणमा रहेको बताए ।
उनले भने, ‘बढ्दो आकांक्षा र गुणस्तरप्रतिको सम्मानले गर्दा नेपालमा नयाँ अवसरहरू सिर्जना भइरहेका छन् । हामी यस बजारमा ठूलो दीर्घकालीन सम्भावना देख्छौँ र लक्ष्मी ग्रुपसँगको सहकार्यबाट हाम्रो उपस्थितिलाई अझ सुदृढ बनाउन पाउँदा खुसी छौँ ।’
लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विगत पाँच दशकदेखि आफ्नो समूहले विश्वस्तरीय उत्पादन र प्रविधिलाई नेपाली उपभोक्तामाझ ल्याउन भूमिका खेलिरहेको स्मरण गरे ।
उनले आधुनिक जीवनशैली र गुणस्तर खोज्ने नेपाली ग्राहकका लागि बोससँगको यो सहकार्यले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
नेपालको लन्ड्री बजारमा फ्रन्ट-लोड वाशिङ मेसिनको हिस्सा ७० देखि ८० प्रतिशत रहेको तथ्याङ्कलाई मध्यनजर गर्दै बोसले यस क्षेत्रमा आफ्नो नेतृत्वदायी भूमिकालाई थप अघि बढाउने भएको छ। ७० वर्षभन्दा लामो अनुभव र जर्मन प्रविधिको प्रयोग गरी बनाइएका यी मेसिनहरूले कपडाको सुरक्षा, शक्तिशाली सफाइ र उच्च विश्वसनीयता प्रदान गर्ने कम्पनीको दाबी छ। आधुनिक नेपाली घरपरिवारका लागि टिकाउ र किफायती समाधान दिँदै वाशिङ मेसिनको बजारमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति बोसले लिएको छ।
त्यस्तै, नेपालको उदाउँदो डिशवाशर बजारमा पनि बोसले ठूलो सम्भावना देखेको छ। बदलिँदो पारिवारिक संरचना, स्वच्छताप्रतिको बढ्दो सचेतना र समय बचत गर्ने प्रविधिको आवश्यकताका कारण नेपालमा डिशवाशरको माग बढ्दै गएको छ। विशेषगरी विदेशमा बसेर फर्किएका नेपालीहरूका कारण यो श्रेणीको लोकप्रियता बढिरहेको सन्दर्भमा, बोसले आफ्ना विश्वस्तरीय डिशवाशरमार्फत नेपाली उपभोक्तालाई उत्कृष्ट स्वच्छता र पानी तथा ऊर्जाको बचत गर्ने विकल्प प्रदान गर्ने जनाएको छ ।
प्रिमियम किचनको भविष्यलाई आकार दिँदै बोसले नेपालमा मोड्युलर किचन र ‘बिल्ट-इन’ अप्लायन्सको क्षेत्रमा पनि सक्रिय लगानी गरिरहेको छ । जावलाखेलस्थित नयाँ स्टोरमा उपभोक्ताले बोसका अत्याधुनिक बिल्ट-इन ओभन, हब र हुडहरूको प्रत्यक्ष अनुभव लिन पाउनेछन् ।
उन्नत सेन्सर प्रविधि र आकर्षक डिजाइनयुक्त यी उपकरणहरूले जटिल भान्साको कामलाई सहज र ‘इन्ट्युटिभ’ बनाउनेछन् । सहरी क्षेत्रमा एकीकृत लिभिङ स्पेसको अवधारणा बढ्दै जाँदा बोसका यी प्रिमियम किचन समाधानहरू नेपाली ग्राहकका लागि थप सान्दर्भिक हुने विश्वास गरिएको छ ।
हाल बोसका नेपालभर ७० भन्दा बढी डिलर पार्टनर र २० वटा आधुनिक ट्रेड आउटलेटहरूमार्फत रहेको छ ।
आगामी दिनमा रिटेल एक्सीलेन्स, उपभोक्ता शिक्षा र उत्कृष्ट बिक्रीपछिको सेवा मार्फत आफ्नो बजार विस्तारलाई अझ प्रभावकारी बनाउने बोसको योजना छ ।
सन् २०२५ सम्ममा विश्वभर करिब १५ अर्ब यूरोको कारोबार गर्ने लक्ष्य राखेको बीएचएसले नेपाललाई पनि आफ्नो रणनीतिक बजारको रूपमा लिएको छ ।






प्रतिक्रिया