
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन जारी रहँदै प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन् ।
चितवनको भरतपुरमा भइरहेको महाधिवेशन नसकिँदै प्रधानमन्त्री शाह श्रीमती, छोरी र सल्लाहकार कुमार बेनसहित विमानस्थल गएका हुन् ।
भरतपुर विमानस्थलमा भीआइपी कक्षको प्रयोग नगरी उनी काठमाडौं फर्केका हुन् ।
महाधिवेशनमा सभापति पदका लागि रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्, जसमा प्रधानमन्त्री शाह स्वयं प्रस्तावक थिए ।
महाधिवेशनमा विद्युतीय मेसिनमा मतदान हुने भएको छ । मतदानका लागि रामलक्ष्मण इनोभेसनको विद्युतीय मेसिन प्रयोग हुनेछ । मतदान आज अपराह्नपछि मात्रै सुरू हुने देखिएको छ ।






प्रतिक्रिया