मितेरी पुल बनाउन चीनलाई आग्रह गर्ने निर्णय


काठमाडौं । विपद् कार्यकारी परिषद्ले रसुवास्थित नेपाल चीनबीचको मितेरी पुल पुनः सञ्चालनका लागि चीनसँग आग्रह गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको परिषद्को बैठकले पुल सञ्चालनका लागि चीनसँग औपचारिक अनुरोध गर्ने निर्णय गरेको हो। बैठकमा गरिएका निर्णयबारे बुधबार आयोजित पत्रकार सम्मेलनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक दिनेश भट्टले जानकारी दिएका हुन्।

मितेरी पुल नेपाल–चीनबीचको रणनीतिक रूपमा महत्त्वपूर्ण नाका भएको रपुल क्षेत्रको सडक चीनकै सहयोगमा निर्माण भएकाले त्यसलाई पुनः सञ्चालनमा ल्याउन चीनसँग सहकार्यको अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

मंगलबार बिहान चीनको तिब्बतस्थित ल्हेन्दे खोलामा आएको बाढीले उक्त मितेरी पुल बगाएको थियो।