
काठमाडौं । म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका क्षेत्रमा पहिरो खस्दा म्याग्दी नदी केही समयका लागि अवरुद्ध भएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ र ६ जोड्ने बाँसबोट भीरबाट खसेको पहिरोका कारण नदी थुनिएको हो ।
गएको राति १० बजेदेखि परेको लगातारको वर्षाका कारण पहिरो खसेर करिब १० मिनेटसम्म नदीको बहाव रोकिएको हो ।
करिब १० मिनेटपछि नदी पुनः बग्न थालेको प्रहरीको भनाइ छ । नदी थुनिएपछि ‘ओभरफ्लो’ भएर बग्न थालेकाले तटीय क्षेत्रमा डुबानको सम्भावना रहेको जनाइएको छ ।








प्रतिक्रिया