भिजिट भिसामा कडाइ: फर्कने टिकट रद्द गर्न नपाइने

2.4k
Shares

काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जाने नेपाली नागरिकका लागि हवाई टिकट सम्बन्धी नियममा कडाइ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले सबै एयरलाइन्सलाई गन्तव्य मुलुकमा यात्रु नपुग्दासम्म फर्कने (दुईतर्फी) टिकट रद्द गर्न नपाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

सरकारले भिजिट भिसाका यात्रुहरूका लागि दुईतर्फी टिकट, होटल बुकिङ, डलर व्यवस्था अनिवार्य गरे पनि, अध्यागमन प्रक्रिया पूरा गरेपछि केहीले टिकट रद्द गर्दै आएका थिए। यस्तो प्रवृत्तिले नियमको उद्देश्य कमजोर हुने भन्दै अध्यागमन विभागले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

नयाँ नियमअनुसार अब यात्रु गन्तव्य मुलुकको अध्यागमन प्रक्रिया पूरा नभएसम्म फर्कने टिकट रद्द वा परिवर्तन गर्न पाउने छैनन् ।