
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज जन्मदिन मनाइरहेका छन् । ७९ औँ वर्षमा प्रवेश गरेका शाहको जन्मदिनमा शुभकामना दिन राजावादीहरु निर्मल निवासमा उपस्थित भएका छन् । राजावादी दल राप्रपाले पूर्वराजाको जन्मिदिन मनाउने कार्यक्रमा सहभागी हुन अपिल नै जारी गरेको छ ।
उनको जन्मदिनका अवसरमा आज निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ। बिहानैदेखि शुभेच्छुकहरूको भीड देखिएको छ । जन्मदिनको कार्यक्रममा ज्ञानेन्द्रका नाती हृदयन्द्र लगायतको पनि उपस्थिति रहेको छ ।
२००४ साल असार २३ मा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नका माइलो छोराका रूपमा जन्मिएका ज्ञानेन्द्र नेपालका अन्तिम शाह वंशीय राजा हुन् । उनी दुई पटक नेपालको रा बने ।

२००७ सालमा त्रिभुवन भारत शरण जाँदा साढे तीन वर्षको उमेरमा ज्ञानेन्द्र पहिलो पटक राजा बनेका थिए । तर, दिल्ली सम्झौतापछि त्रिभुवनको पुनरागमनसँगै उनको शासन छोटो अवधिमा टुंगिएको थियो । दोस्रो पटक २०५८ साल जेठ १९ गते तत्कालीन राजा विरेन्द्र शाहको वंश नाश हुने गरि भएको दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र राजा बनेका थिए ।
२०६१ मा कार्यकारी शासन सम्हालेपछि विवादमा तानिए र २०६२/६३ को जनआन्दोलनपछि राजतन्त्र समाप्त भयो । २०६५ मा नारायणहिटी दरबार खाली गरी नागार्जुन सरेपछि उनी सामान्य जीवन बिताइरहेका छन् ।

पछिल्लो समय उनी फेरि राजा बन्ने प्रयासमा छन् । देश गणतन्त्रमा गएको लामो समय बितेपनि राजावादीहरुले देशमा राजतन्त्रको वकालत गरिरहेका छन् भने राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन घोषणा गरे पनि त्यसले सफलता पाउन भने सकेको छैन ।



























































प्रतिक्रिया