कालोधनलाई वैधानिक बनाउन दिनुपर्छ: कांग्रेस सांसद तामाङ

1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले व्यवसायीहरु मर्ने र बैंकहरु धनी बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् ।

आइतवार अर्थ समितिमा बाफिया विधेयकमा भएको छलफलमा कानूनहरु बन्दा अर्थतन्त्रलाई चलायमान बनाउने गरी बनाउनुपर्ने बताए ।

सीईओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठेको भन्दै वर्षमा २ करोड कमाउने बैंकका सीईओहरुलाई किन ऋण चाहियो भन्दै उनले प्रश्न गरे । धनीको पैसा बजारमा ल्याएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने उनको भनाइ छ ।

सांसद तामाङले भने,‘ बैंकका सीईओहरुलाई लगानी गर्न दिनु नहुने कुरा उठ्यो । उहाँहरुले वर्षमा २ करोड कमाउनु हुँदो रहेछ । उहाँहरुलाई ऋण किन चाहियो ?’

उनले एक वर्षभित्र कालोधनलाई वैधानिक बनाउन दिनुपर्ने बताए । त्यस्तो ३ खर्बभन्दा बढि रकम रहेको उनको दाबी छ । पाँच सयका नोटमाथि प्रतिवन्ध लगाउनुपर्नेमा समेत उनको जोड छ ।