कुलिङ पिरियडबारे कांग्रेसले भन्योः विश्वासघात भयो, छानबिन होस्

546
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिनको माग गरेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकका क्रममा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानविनको दायरामा ल्याउनुपर्ने बताए ।

कुलिङ पिरियड राख्नैपर्ने भन्ने आफूहरुको धारणा रहेको र त्यही हिसावले सर्वसम्मतिबाट राखिएको बताए । पदको दुरुपयोग गरेर काम भएकाले छानबिन हुनुपर्ने बताए ।

‘कुलिङ पिरियड राख्नुपर्छ नै भन्ने हाम्रो धारणा हो । त्यही हुनाले सर्वसम्मतिबाट कुलिङ पिरियड राखियो भनेर निर्णय गरियो भनियो । त्यही विश्वासमा सायद फुल हाउसमा माननीय सदस्य साथीहरुले दफावार पढ्नुभएन । विश्वासघात भयो,’ उनले भने, ‘जसले त्यहाँ पदको दुरुपयोग गरेको छ, अवश्य पनि उनीहरुलाई छानविनको दायरामा ल्याउनुपर्छ । तत्काल कुलिङ पिरियड हटाएर प्रश्तावित भएको छ, सरकारले सच्याएर संशोधन गर्नुपर्छ । दोषीलाई छानविन गरी कारबाही गर्नुपर्छ ।’