चीनले बनायो शत्रुको विद्युत् केन्द्र ध्वस्त पार्ने बम, प्रहारपछि विशाल क्षेत्रमा अन्धकार

2.5k
Shares

एजेन्सी । चीनले दुश्मनको विद्युत् केन्द्रलाई ध्वस्त पारेर अँध्यारो बनाइदिने ग्राफाइट बम बनाएको साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ ।

यस हतियारले शत्रुको कमान्ड र कन्ट्रोल प्रणालीमा अवरोध ल्याइदिन्छ र १० हजार वर्ग किलोमिटर क्षेत्रमा बिजुली निभेर पूरै अन्धकार हुन्छ ।

यो बम रकेटमार्फत प्रहार गरिन्छ । प्रक्षेपणपछि रकेटले ९० वटा साना बमहरू फाल्छ । ती बमहरू भुइँमा ठोकिएपछि उफ्रिएर हावमा विस्फोट हुन्छन् । त्यसपछि रासायनिक कार्बन झिल्लीहरू वायुमण्डलमा फैलिन्छन् र विद्युत् केन्द्रमा रहेको हाई भोल्टेज तारहरूमा शर्ट सर्किट गराइदिन्छन् ।

चीनको रक्षा मन्त्रालयले ठेक्का दिएको कम्पनी चाइना एयरोस्पेस साइन्स यान्ड टेक्नोलोजी कर्पोरेशनले यो बम बनाएको हो ।

यस बमलाई कहाँ प्रयोग गर्ने भन्ने विषयमा विस्तृत विवरण दिइएको छैन । चिनियाँ सञ्चारमाध्यमहरूले यसलाई घरैमा बनेको गोप्य क्षेप्यास्त्र भनी चित्रण गरेका छन् ।

यसलाई ब्ल्याकआउट बम समेत भनिएको छ ।