
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको पतञ्जलि जग्गा प्रकरणको मुद्दामा विशेष अदालतमा बहस सकिएको छ।
आदेश आउने तयारी भइरहँदा विशेष अदालत परिसरमा चहलपहल देखिएको छ । एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका नेपाल अदालतको आदेश पर्खिएर बसिरहेका छन् ।
पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि नेता नेपाल बुधबार आफैँ अदालत पुगेका थिए ।

नेपालका तर्फबाट बहस गरेका ५ जना वकिलहरुले उनलाई बिनाशर्त रिहाइको माग गरेका थिए भने सरकारी वकिलहरुले नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् ।










प्रतिक्रिया