दीपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट किन दिए राजीनामा ?

1.1k
Shares

काठमाडौं । राष्ट्रिय टोलीका चर्चित क्रिकेटर दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको जागिर छाडेका छन् । प्रहरी सहायक हवल्दारका रुपमा कार्यरत ऐरीले केही दिनअघि राजीनामा दिएपछि प्रहरी प्रधान कार्यालयले स्वीकृति गरेको छ ।

सन् २०१६ मा प्रहरी जवान पदमा भर्ना भएका ऐरीले २०८० साल असोजमा सहायक हवल्दारमा विशेष बढुवा पाएका थिए । यो बढुवा उनले चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा लगातार ६ छक्का प्रहार गर्दै विश्व कीर्तिमान बनाएपछि प्राप्त गरेका थिए।

सात वर्षको सेवा अवधि नपुगी विशेष बढुवा भएको दुई वर्षमै उनले प्रहरी संगठनबाट बिदा लिएका हुन्।

ऐरी नेपाल पुलिस क्लबको स्थायी खेलाडी तथा कप्तानसमेत थिए । उनको नेतृत्वमा क्लबले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो । उनले किन राजीनामा दिए भन्ने बारे केही खुलाइएको छैन ।