
काठमाडौं । सोमाबार रातीदेखि हुन नसकेको कतार उडान मंगलबार १२ बजेदेखि सुरु हुँदै छ । कतारस्थित अमेरिकी सैन्य अड्डामा इरानले हमला गरेपछि कतारमा हुने सबै हवाई उडान बन्द भएको थियो । कतारले एयर स्पेश खुला गरेसँगै नेपालबाट हुने दोहा उडान पनि सुरु हुँदै छ ।
सोमबार हिमालयन एयरलाइन्स र नेपाल वायुसेवा निगमको कतार उडान रद्द हुँदा त्रिभुवन विमानस्थलमै अलपत्र परेको यात्रुले आज सेवा पाउने भएका छन् । कतारले पनि मंगलबार विहान १० बजेको नेपाल उडान रद्द गरेको थियो ।
सोमबार राती हुन नसकेको उडान सुरु हुने भएसँगै यात्रुले सेवा पाउन थालिसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।
उनले भने ‘नेपाल एयरलाइन्सले सोमबार राती एउटा उडान रद्द गरेको भएपनि मंगलबार १२ बजेदेखि नियमित उडान सुरु गर्दै छ । निगमको जहाजमा यात्रु चेक इन भइरहेका छ भने हिमालयले उडान सुरु गर्दै छ ।’








प्रतिक्रिया