वेगनास लेक फ्रन्ट रेष्टुरेन्ट र प्रभु बैंकबीच छुट सम्झौता


काठमाडौं । वेगनास लेक फ्रन्ट रेष्टुरेन्ट र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई छुट दिने सम्झौता भएकोछ ।

पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेन्ट र प्रभु बैंकबीच छुट सम्झौता भएको छ ।

यसअनुसार बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित रेष्टुरेन्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान हुने छ ।

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले बेगनासतालको रमणिय दृश्य अवलोकनको आनन्दका साथसाथै खाना र आवास सुविधामा १० प्रतिशत छुट पाउने भएका छन् ।

सो छुट सेवा सुविधा वेगनास लेक फ्रन्ट रेष्टुरेन्टमा प्राप्त गर्न सकिनेछ ।

उक्त सम्झौता पत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्व राज पौडेल तथा प्रभु बैंकका र्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।