इरानको क्षेप्यास्त्र आक्रमणमा परी इजरायलको सोरोको अस्पताल क्षतिग्रस्त

2.2k
Shares


एजेन्सी । इरानले प्रहार गरेको क्षेप्यास्त्रका कारण इजरायलको दक्षिण भागमा रहेको बीरशेबा शहरस्थित सोरोको अस्पताल भवन क्षतिग्रस्त भएको इजरायली अधिकारीहरूले जनाएका छन् ।

द गार्डियन पत्रिकाले दिएको खबरअनुसार, आक्रमणका कारण मानिसहरू धूलो र धूवाँ भरिएको कोरिडोरको बाटो हुँदै भागेका थिए ।

आक्रमणले अस्पताललाई पुर्‍याएको क्षतिका बारेमा मूल्यांकन भइरहेको र सर्वसाधारणलाई अहिले अस्पताल नआउन भनिएको अस्पताल प्रवक्ताले बताए । कतिजना मानिस घाइते भएका हुन् भनी खुलेको छैन ।

आजैको दिन इजरायलका विभिन्न भागमा इरानी क्षेप्यास्त्र सिधै ठोकिएको र कैयौं ठाउँमा विस्फोटको आवाज सुनिएको इजरायली सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।

राजधानी तेल अभिभ र जेरुसेलममा पनि विस्फोट भएका छन् ।