ट्रम्पले इरानीहरुलाई तेहरान छोडेर जान आग्रह गरेलगत्तै भीषण आक्रमण

3.7k
Shares

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानीहरुलाई राजधानी तेहरान छोडेर जान आग्रह गरेलगत्तै मगलवार बिहान इजरायलले भीषणा क्षेप्यास्त्र आक्रमण गरेको छ ।

आक्रमणका कारण तेहरानको पूर्वी भागमा विस्फोट भएर धूवाँ उडेको थियो । प्रतिरक्षामा इरानले क्षेप्यास्त्र प्रहार गरेको छ । महत्त्वपूर्ण आणविक हतियार रहेको नतान्ज शहरमा पनि वायु प्रतिरक्षा प्रणाली सक्रिय भएको छ ।

आणविक हतियार विकसित नगर्ने विषयमा सहमति नगरेको भन्दै ट्रम्पले इरानीहरुलाई चेतावनी दिएका हुन् ।

यसैबीच इरानले अमेरिकालाइ युद्ध अन्त्यका लागि पहल गर्न आग्रह गरेको वाल स्ट्रीट जर्नलले खबर दिएको छ ।