इजरायललाई सहयोग गर्नका लागि अमेरिकी युद्धपोत परिचालन


एजेन्सी । अमेरिकी विमानवाहक युद्धपोत यूएसएस निमिट्ज दक्षिण चीन सागरबाट सोमवार बिहान पश्चिमितर लागेको जहाज निगरानी वेबसाइट मरिन ट्राफिकको डेटाले देखाएको छ ।

उक्त युद्धपोत भियतनामको बन्दरगाहमा अडिनुपर्ने थियो तर त्यसको स्वागत समारोह स्थगित गरिएको थियो ।

दनाङ शहरमा युद्धपोत यसै साता पुग्नुपर्ने थियो तर जुन २० का लागि राखिएको स्वागत समारोह रद्द गरिएको हो ।

आकस्मिक कारवाहीमा सहभागी हुनुपरेकाले उक्त समारोह स्थगित गरेको भियतनामस्थित अमेरिकी दूतावासले जनाएको छ ।

मरिन ट्राफिकको डेटाअनुसार युद्धपोत पश्चिम एसियातर्फ बढिरहेको ५ जहाँ इजरायल र इरानबीचको द्वन्द्व चर्किरहेको छ ।