‘साढे १९ खर्बको बजेट कार्यान्वयनबाट यी नीतिगत सुधार हुन्छन्’

119
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको लागि विनियोजना भएको १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट कार्यान्वयनबाट दीर्घकालीन नीतिगत सुधार हुने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले दाबी गरेका छन् ।

बिहीबार बजेट सार्वजनिक गरेका पौडेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै बजेटले नीतिगत सुधारको बाटो अबलम्बन गरेको बताए । उनले बजेट कार्यान्व्यनबाट हुन नीतिगत सुधारका लागि वैकल्पिक विकास वित्तको उपयोग गर्ने नीति लिइएको,आयोजना व्यवस्थापन र खरिद प्रक्रियामा गरेको सुधारले पुँजीगत खर्च बढ्ने, सङ्‍घीय आयोजनाका ३ करोड रुपैयाँको मापदण्ड कार्यान्वयन गरिएको बताए ।

यसका साथै मितव्ययीता र खर्च कटौतीका नीतिले चालु खर्च सन्तुलनमा राख्ने, जेठ १६ गतेपछि खरिद प्रक्रिया गर्न सकिने व्यवस्था, २५ करोड रुपैयाँभन्दा बढिका आयोजनाको राष्ट्रिय ड्यासवोर्डबाट अनुगमन, अनुदानलाई लागतको अधिकतम् ५० प्रतिशतमा सीमित गरिएको,प्रदेश र स्थानीय तहले सन्तुलित बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको बताए ।

उनले वन क्षेत्रको जग्गा उपयोगमा सरलीकरण गरिएको, सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बीमालाई थप व्यवस्थित गरिएको, कन्टिन्जेन्सी तथा परामर्शदाताको खर्चमा नियन्त्रण गरिएको, राष्ट्रिय परिचयपत्रलाई मुख्य आधार मानी सामाजिक सुरक्षा र सेवा प्रवाहलाई व्यवस्थित गराइएको, विदेशी लगानी प्रवर्द्धनका लागि नीतिगत सुधारको प्रस्ताव गरिएको पनि अर्थमन्त्री पौडेलले बताए ।