नेपाल टेलिकमको ३० प्रतिशत सेयर जनतालाई बाँड्ने

0
Shares

काठमाडौं । सरकारले नेपाल टेलिकमको सेयर स्वामित्व घटाउँदै ३० प्रतिशतमा झार्ने भएको छ ।

आगामी आर्थिक वर्षमा सरकारी ९२ प्रतिशत स्वामित्वको टेलिकमको सेयर संरचनामा थप २२ प्रतिशत शेयर विनिवेश गर्ने घोषणा अर्थमन्त्री विष्णु पौडेले बताएका छन् ।

सरकारी स्वामित्वको टेलिकमलाई निजी क्षेत्रसँग प्रतिपस्र्धी बनाउन र थप प्रभावकारी सेवा दिन सरकारले सेयर स्वामित्व घटाउने भएको छ ।