सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड विनियोजन

70
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड विनियोजन भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ७ अर्ब ७२ करोड बजेट छुट्याएको जानकारी दिएका हुन् ।

उनले सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकसित नवितम प्रविधिको खोज अनुसन्धान र नवनप्रवर्तनलाई जोड दिइने तथा डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करणलाई जोड दिइने बताए । डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गर्ने विषय पनि बजेटमा समेटिएको छ ।