
काठमाडौं । वैदेशिक लगानी आकर्षित गर्न मध्य पहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै यस्तो घोषणा गरेका हुन् ।
‘सूचना प्रविधि क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न मध्य पहाडी क्षेत्रमा डाटा सेन्टर स्थापनाको सम्भाव्यता अध्ययन गरिनेछ । डाटा सेन्टर स्थापना गर्न चाहने स्वदेशी तथा विदेशी कम्पनीलाई जग्गा, विद्युत् तथा सुरक्षा प्रदान गरिनेछ,’ उनले भने, ‘एककिृत डाटा व्यवस्थापन केन्द्रको स्तरोन्नती गरिनेछ ।’
उनले हेटौंडा स्थिति डिजास्टर रिकभरी सेन्टरको क्षमता विस्तार गरिने र कोहलपुरमा निर्माणधिन डाटा सेन्टर निर्माण पूरा गरिने पनि बताए । कृतिम बौद्धिकता र मेसिन लर्निङको अनुसन्धान प्रयोग र विस्तार गर्न निजी क्षेत्रको सहकार्यमा एआई सेन्टर स्थापना गर्ने घोषणा बजेटको छ ।








प्रतिक्रिया