डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड बजेट

42
Shares

काठमाडौं । डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड छुट्याइएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकसित नवितम प्रविधिको खोज अनुसन्धान र नवनप्रवर्तनलाई जोड दिइनेछ । डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करणलाई जोड दिइनेछ । डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने, ‘डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न ७४ करोड छुट्याइएको छ ।’

अर्थमन्त्री पौडेलले डाटा सेन्टर निर्माण, सञ्चालन र पूर्वाधार विकासमा निजी क्षेत्रमा साझेदारी गरिने तथा काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गरिने घोषणा गरे ।