रेमशलाई थुन्न आफैं अदालतको पत्र बोकेर जाने महिमानलाई एक लाख धरौटीमा छोड्न अदातलको आदेश


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर थुनामा पठाउन भन्दै आफैं पत्र लेखेर प्रहरीकोमा गएका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उनी अहिले धरौटी बुझाएर रिहा हुने प्रक्रियामा उनी रहेका छन् ।

विष्टले अनधिकृत रूपमा पत्र लेख्दै रेशमलाई पक्राउ गरेर डिल्लीबजार कारागार चलान गर्न भनेका थिए । त्यसपछि उक्त पत्र लिएर उनी आफैं जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

उनको फर्जि पत्रकार कारण रेशम पाँच घण्टा प्रहरी हिरासतमा बसेका थिए भने सर्वोच्चले तत्कालै अर्को पत्र पठाएर रेशलाई थुन्न आदेश नदिएको बताएको थियो । विष्टको पत्र आधिकारिक नरहेको खुलेपछि रेशम रिहा भएका थिए भने पत्र लेखेको आरोपमा विष्ट पक्राउ परेका थिए ।