
काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो इलेक्ट्रिक सवारी साधनहरूमा विशेष प्रि-बजेट अफर ल्याएको छ । यो अफर २०८२ सालको जेठ ५ गतेदेखि १४ गतेसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत हुन्डाईका लोकप्रिय इलेक्ट्रिक मोडेलहरू कोना इलेक्ट्रिक, आयोनिक ५ र क्रेटा ईभीमा विशेष लाभ दिइने कम्पनीले जनाएको छ । कम्पनीले यो योजना नेपाली उपभोक्तालाई इलेक्ट्रिक सवारीतर्फ आकर्षित गर्ने उद्देश्यले ल्याएको जनाएको छ ।
यस अफरमा ग्राहकहरूले निःशुल्क बीमा सुविधा,सडक करमा छुट, नगद छुट (डिस्काउन्ट) पाउने छन् ।
यी सुविधाले हुन्डाईका अत्याधुनिक ईभी मोडेलहरूलाई झनै किफायती बनाउने विश्वास कम्पनीले लिएको छ ।
लक्ष्मी हुन्डाईले देशभर ६६ स्थानमा डीसी र एसी चार्जिङ स्टेसनहरूको सञ्जाल बिस्तार गरी ईभी इकोसिस्टमलाई सुदृढ बनाएको छ । साथै, ग्राहकहरूलाई भरपर्दो बिक्रीपछिको सेवा, पार्ट्सको उपलब्धता र अन्य आवश्यक सहयोग समेत उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले इच्छुक ग्राहकहरूलाई नजिकको हुन्डाई शोरूममा गई थप जानकारी लिन र आफ्नो मनपर्ने ईभी गाडी बुक गर्न आग्रह गरेको छ।








प्रतिक्रिया