
एजेन्सी । पाकिस्तानी सेनाका प्रवक्ताले भारतले तीनवटा सैनिक हवाइ अड्डाहरूमा मिसाइल प्रहार गरेको जनाएका छन् । भारतले अहिलेसम्म यी दाबीहरूमा कुनै प्रतिक्रिया दिएको छैन ।
सरकारी टेलिभिजन च्यानलमा पाकिस्तान सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भनेका पाकिस्तान सेनाले यसको ‘जवाफ दिनेछ।’
पाकिस्तानको सेनाको हवाई रक्षा प्रणालीले भारतका अधिकांश मिसाइलहरू खसालेको उनको दाबी छ । उनले भने कि देशका सेनाहरू ‘पूर्ण रूपमा तयार छन्।’
भारतले निशाना बनाइएको भनिएको सैनिक हवाइ अड्डाहरूमा रावलपिण्डीको नूर खान हवाइ अड्डा पनि पर्छ, जुन पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटर टाढा छ।
यद्यपि भारतको तर्फबाट अहिले सम्म यी दाबीहरूमा केही भनिएको छैन ।








प्रतिक्रिया