
काठमाडौं । सरकार चालु आर्थिक वर्षको वैशाख २४ सम्ममा २ खर्ब रुपैयाँ घाटामा चलिरहेको छ । सरकारले हालसम्म जम्मा ९ खर्ब २८ अर्ब रुपैयाँ आम्दानी गरेको छ भने यसबाट भएको खर्च ११ अर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।
सरकारको आम्दानीभन्दा खर्च अधिक भएका कारण कर्मचारीलाई नै सरकारले ऋण लिएर पाल्नुपरेको छ । सरकारले चैत मसान्तसम्मको तथ्यांक अनुसार २ खर्ब ९१ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । सरकारले आन्तरिक ऋणलाई कर्मचारी पाल्नमा खर्च गरेको आम्दानी र खर्चको विवरणले देखाएको छ ।
सरकारले हालसम्म २६ खर्ब ६७ अर्ब रुपैयाँ ऋण लिएको छ भने यसबाट विदेशीलाई तिर्नुपर्ने १३ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ।
सरकारले यो वर्ष १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्वमार्फत आम्दानी गर्ने लक्ष्य अगाडि सारेको भए पनि हालसम्म लक्ष्यको ६३ प्रतिशत अर्थात ९ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ । यो अवधिसम्मको खर्च कर्मचारी व्यवस्थापनसहितको चालुमा ७ खर्ब ४५ अर्ब रुपैयाँ रहेको छ । विकास खर्च १ खर्ब १५ अर्ब र २ खर्ब ६४ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन गरेको तथ्यांक छ ।










प्रतिक्रिया