
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलताको चाप पुनः बढ्न लागेको छ । बैंकहरुमा अधिक तरलता भएपनि राष्ट्र बैंकले बुधबार ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
निक्षेप संकलन बोलकबोल मार्फत २१ दिनको लागि ३० अर्ब रुपैयाँ तरलता खिच्ने राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको सुरवातमा साढे ३ खर्बसमम बैंकिङ प्रणालीमा बढी भएको तरलता केन्द्रिय बैंकले खिचेको थियो । यस्तो बक्यौता आर्थिक वर्षको तेस्रो त्रैमासमा आउँदा २ खर्ब २० अर्बको नजिक आएपनि पुन पछिल्लो समय साढे २ खर्ब माथि पुगेको छ ।
राष्ट्र बैंकको २ वैशाखको तथ्यांकमा केन्द्रिय बैंकले बैकिङ प्रणालीबाट खिचेको तरलताको बक्यौता २ खर्ब ७८ अर्ब २० करोड छ । बुधबार थप ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।








प्रतिक्रिया