जनताबाट अनुमोदन भएका सिलवालविरुद्ध किर्तेमा मुद्दा दर्ता भएपछि…



काठमाडौं । ललितपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेपाल प्रहरी पूर्व नायब महानिरीक्षक नवराज सिलवालविरुद्ध कागजात किर्ते गरेको आरोपमा आज मुद्दा दर्ता भएको छ ।

सिलवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको परिसरका प्रहरी उपरीक्षक रामदक्त जोशीले जानकारी दिए ।

उनका अनुसार प्रहरी महानिरीक्षक पदमा बढुवाका क्रममा सिलवालको चार वर्षको कार्यसम्पादन मूल्याँकन दुई खालको आएको थियो । यो कसको लापरबाहीका कारण भएको थियो भन्ने कसूरको अदालतको आदेशअनुसार प्रहरीले अनुसन्धान गर्नेछ ।

यसअघि सर्बोच्च अदालतले उनको बिषयमा बोल्दै कसले के गरेको हो छानविन गर्न आदेश दिएको थियो । त्यस लगत्तै उनिमाथी उजुरी दर्ता भएको हो ।

जनताबाट निर्वाचित भइसकेका सिलवालको कानुनी लडाईले बजारमा निकै चर्चा बटुलेको छ । अबको उनको राजनीतिक बाटो र कानुनी बाटो कता जान्छ हेर्न बाँकी छ । राससको सहयोगमा


क्लिकमान्डु