
काठमाडौं । राप्रवाका नेता तथा पूर्व अर्थमन्त्री प्रकाशचन्द्र लोहनीले पार्टीका महामन्त्री धवल शमशेर राणा र उपाध्यक्ष रविन्द्र मिश्रलाई २५ वर्षसम्म झ्याल खाना राख्ने खालको मुद्दा लगाएको दाबी गरेका छन् ।
राप्रपाले बल्खुुमा आयोजना गरेको विरोध सभामा उनले यस्तो बताएका हुन् ।
‘चैत १५ गते राप्रपाका महामन्त्री धवल शमशेर राणा र उपाध्यक्ष रविन्द्र मिश्र जीलाई सरकारले समातेर २५ वर्षसम्म झ्याल खाना राख्ने खालको मुद्दा लगाएको छ । ‘यो राज्यको साधान स्रोतको दुरुपयोग भयो । यो देश कसैको बृत्ता हैन, उहाँहरुलाई छोडनु । नत्र हामी छोडदैनौ । यो आक्रोसले मात्रै बोलेको हैन । यसमा पीडा छ ।’
उनले नेपालमा रावणको शासन भएको दखाबी गरे । अहिले सरकारले सर्वसाधारणको उपेक्षा गरेको र आफुले जे गरेपनि हुन्छ भन्ने काम गरेको बताए ।
अहिले सरकारको विरुद्धमा बोले सिध्याइने गरेको भन्दै चिन्ता व्यक्त गरे ।
अहिले विश्वमा नेपालको छवीलाई धुमिल बनाइएको उनको दाबी छ ।








प्रतिक्रिया