
काठमाडौं । अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले युवाले अवसर खोज्न देश छोड्नुपर्ने बाध्यता हट्ने किसिमको नेपाल बनाउन चाहेको बताएका छन् ।
आइतबारबाट चितवनमा सुरु भएको रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् ।
‘हामी यस्तो नेपाल चाहान्छौं जहाँ युवाले अवसर खोज्न देश छोड्नुपर्ने बाध्यता नहोस्,’ वाग्लेले भने, ‘जहाँ श्रम, सीप, ज्ञान र सिर्जनशीलताले यहि माटोमा सम्मान पाओस् ।’
नेपालको समस्या स्रोतको अभाव वा सम्भावनाको अभाव मात्रै नभएको उनले बताए । ‘हाम्रो समस्या गलत प्रोत्साहन संरचना हो । राजनीतिमा इमानदार मानिसलाई प्रवेश गर्न कठिन र पहुँच हुनेलाई प्रवेश गर्न सहज हुने संरचना बन्यो,’ वाग्लेले भने, ‘व्यवसायमा नयाँ प्रवर्धन गर्न कठिन तर, शक्तिकेन्द्रसँग नजिक हुन सहज बनाउने ठाउँ बनायो ।’
उनले आफूहरुको राजनीतिक उद्देश्य सरकार फेर्ने मात्रै नभएर संस्कार फेर्ने अभियान भएको बताए ।






प्रतिक्रिया