
काठमाडौं । राजावादी समूहले चैत १५ मा तीनकुनेमा गरेको प्रदर्शनमा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार दिलबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।
उनी शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का समूहका सदस्य भएको प्रहरीले जनाएको छ । उनलाई सामाखुसीबाट पक्राउ गरिएको एसपी जिसीले बताए ।
शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई प्रहरीले पक्राउ गरेर राज्य विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । अहिलेसम्म उ्क्त घटनामा संलग्नमध्ये २८ जनालाई अपराध कार्यालयले मात्रै फक्राउ गरेको छ ।








प्रतिक्रिया