वीरगन्जको सुपर ग्याँस उद्योगमा भीषण आगलागी



शांकेतिक तस्बिर

काठमाडौं । सुपर ग्यास उद्योग वीरगञ्जमा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका २२ पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा आज विहान ७.३० बजे आगलागी भएको हो ।

आगलागीको विस्ततृ विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रणको प्रयास भइरहेको भएपनि हालसम्म प्रगति नभएको प्रहरीले क्लिकमाण्डुलाई बतायो । आगलागीमा परी के कति हताहती भयो भन्ने बारेमा केही बेरमा जानकारी आउने प्रहरीको भनाइ छ ।


क्लिकमान्डु