१०औं तहदेखिका कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवाको अधिकार प्रबन्ध निर्देशकबाट खोसियो

13.1k
Shares

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको बैठकले १० औं तह र त्यसमाथिको नियुक्ति, पदस्थापन तथा सरुवाको अधिकार प्रबन्ध निर्देशकबाट खोसेको छ ।

मंगलबार प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएपछि बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।

यसअघि नै ऊर्जामन्त्री दीपक खड्काले प्रबन्ध निर्देशकको अधिकार कटौती गर्न खोजेको थिए तर तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङले नमानेपछि रोकिएको थियो ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा शर्त विनियमावली २०७५ (संशोधनसहित) भएको व्यवस्थामध्ये १० औं तह र माथिल्लो तहका कर्मचारीहरु सरुवा, बढुवादेखि काजमा खटाउनेसम्मका सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने निर्णय गरेको हो । विनियमावली संशोधन गरेर अधिकार सञ्चालक समितिलाई दिन लागेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्र देव शाक्यलाई प्राधिकरणको प्रबन्ध निर्देशक बनाएको हो ।