
काठमाडौं । सेयर बजार राताम्मे भएको छ । कारोबारको सुरुदेखि नै बजारमा आएको गिरावट अन्तिम समयसम्म पनि कायमैै रह्यो । बजारमा निरन्तर आएको गिरावटले लगानीकर्ताको मनोबल समेत बजारमा घट्न थालेको छ ।
पछिल्लो समय बजारमा उतार चढाब निकै बढेको छ । कारोबार रकम पनि घट्दै गएको छ । यो दिन सबै समूहको उपसूचकमा राताम्मे बनेको छ ।
बजार मापन गर्ने सूचक ५५.९० अंकले बढेर परिसूचक २५८४.८८ बिन्दु कायम भएको छ । ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७०८ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा सबै समूहको उपसूचक राताम्मे भएका छन् । कारोबारमा ४ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ ।

प्रतिक्रिया