कालिमाटी तरकारी थोक बजार : थोकमा घट्यो स्वदेशी गोलभेडाको मूल्य, खुद्रामा यथावतै


काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बुधबार ठूलो गोलभेडाको मूल्य थोकमा घटेको छ ।

सोमबारको तुलनामा बुधबार स्वदेशी ठूलो गोलभेडाको मूल्यमा झण्डै प्रतिकिलो ५ रुपैयाँले मूल्य घटेको छ । थोकमा मूल्य घटेपनि खुद्रामा अधिकाँश तरकारीको मूल्य अहिले पनि घट्न सकेको छैन् ।
सोमबार प्रतिकिलो २२.३३ रुपैयाँमा बिक्री भएको स्वदेशी ठूलो गोलभेडा बुधबार भने १७.६७ रुपैयाँमा बिक्री भएको छ ।

यस्तै सानो गोलभेडा १८, रातो आलु ३२.३३, प्याज ५१.६७, गाजर लोकल ३५, गाजर तराई २२.६७, बन्दा लोकल १२.३३, बन्दा नरिवल १७.६७, स्थानीय काउली १७.६७, स्थानीय काउली ज्यापु २२.६७, सेतो मुला ३५, लाम्चो भान्टा ३८.३३, डल्लो भान्टा ४२.६७, मटरकोशा ३५, घिउ सिमी लोकल ४५, घिउ सिमी हाइब्रीड ४५, घिउ सिमी राजमा ७५ र टाटे सिमी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै तिते करेला १२५, लौंका ३०, परवर लोकल ९५, परवर तराई १४५, घिरौला ४५, झिगुनी ६५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १५, हरियो फर्सी डल्लो १५, भिण्डी १०५, बरेला ३८.३३, पिडालु ८५, स्कुस ३५, रायो साग ४५, पालुङ्गो साग ६५, चमसुर साग ३०, तोरीको साग ३५, मेथीको साग ५५, प्याज हरियो ३५, बकुला ३०, तरुल ८५, कन्ये च्याउ १३०, डल्ले च्याउ २९३.३३, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ३५, सजिवन(मुन्गा) १४५, बन्दा रातो ५५, जिरीको साग ५५, सेलरी १२६.६७, पार्सले २७६.६७, अदुवा ९०, भेडे खुर्सानी ८५ र नेपाली लसुन २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बुधबारको तरकारीको थोक मूल्य

Skip This