
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी छिन् ।
मंगलबार राणा र जयशंकरबीच भेटवार्ता भएको हो ।
भारतको नयाँदिल्लीमा आयोजित ‘राइसिना डायलग’ को क्रममा परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेकी हुन् ।
भेटवार्ता उपलब्धिमूलक भएको राणाको भनाइ छ । ‘जयशंकर र मैले द्विपक्षीय सम्बन्धको मूल्याङ्कन गर्यौं भने विभिन्न क्षेत्रहरूमा भइरहेको गतिविधिहरूमा छलफल गर्यौं र दुई देशका जनता र कुटनीतिक आदानप्रदानलाई सुदृढ बनाउने अवसरहरू पहिचान गर्यौं,’ उनले भनेकी छन्, ‘ मैले भारतको ‘नेबरहुड फर्स्ट’ नीतिको प्रशंसा गर्दै नेपालको भारतसँगको सम्बन्धलाई निरन्तर प्राथमिकता दिने कुरा प्रकट गरें ।’
प्रतिक्रिया