
काठमाडौं । काठमाडौंको झोर क्षेत्रबाट करिब २५ करोड रुपैयाँ बराबर विदेशी मुद्रा बरामद गरी प्रहरीले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
सोमबार राति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूचनाका आधारमा ना ७ ख १६५२ नम्बरको ट्रकमा जाँच गर्दा उक्त परिणाममा विदेशी मुद्रा फेला पारेको जनाएको छ ।

भोटेकोशी गाउँपालिका-१ का कुशाङ लामा ट्रकसहित नियन्त्रणमा लिएको प्रहरीले सोमबार दिउँसो सार्वजनिक गरेको छ ।
लामा ७ केजी सुन तस्करीको एक मुद्दामा पहिल्यै ५ वर्षजेल सजाय काटिसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको बयानमा लामाले आफूलाई दुई जनाले उक्त रकम ल्याइदिन भनेकाले लैजान लागेको बयान दिएका छन् । चीनसँग सीमा जोडिएको क्षेत्र केरुङबाट दुई जनाले उक्त सामान ल्याउन निर्देशन दिएको थियो ।
गाडीको क्याबिनमा फल्स बटम बनाएर पैसा लुकाइएको पाइएको प्रहरीले जनाएको छ ।
ठूलो मात्रामा पैसा फेला परेपछि घटना थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया