विकासे मन्त्रालयले गर्न सकेन खर्च, ९१ अर्बको बजेट ८ महिनामा १२ अर्बमात्रै परिचालन

70
Shares

काठमाडौं । विकासे मन्त्रालयले नै खर्च गर्न नक्सदा विकास निर्माणले गति लिन नसकेको देखिएको छ । चालु आव २०८१/८२मा सहरी विकास मन्त्रालयले ९१ अर्ब ३५ करोड २३ लाख रुपैयाँ बजेट पाएकोमा ८ महिनासम्ममा गरेको खर्च भने जम्मा १२ अर्ब रुपैयाँ मात्रै छ ।

यो मन्त्रालयले संघ तर्फ मात्रै ६८ अर्ब २५ करोड ८३ लाख ३९ हजार रुपैयाँको बजेट पाएको छ । जसमध्ये चालु तर्फ ४ अर्ब ४२ करोड ३८ लाख २३ हजार र पुँजीगत तर्फट‍ ६३ अर्ब ८३ करोड हजार रुपैयाँ खर्च गर्न पाउँछ ।

हालसम्म यो मन्त्रालयले चालु तर्फको खर्च २५.२३ प्रतिशत मात्रै खर्च गरेको छ । यसको पुँजीगत तर्फको खर्च १७.४३ ५ रहेको छ । समग्रमा हालसम्म जम्मा रू १२ अर्ब २४ करोड ३ लाख ८७ हजार अर्थात् १७.९३५ खर्च भएको अवस्था छ।

चालू आवको जम्मा ३ हजार ७ सय १६ वटा नयाँ कार्यक्रमहरू मध्ये जम्मा १ हजार ६ सय २३ वटा कार्यक्रमहरूको बोलपत्र आव्हान भईसकेको सहरी विकास मन्त्रालयको भनाइ छ ।

बोलपत्र आव्हान भएका १ हजार ६ सय २३ वटा कार्यक्रमहरू मध्ये पनि १ हजार ९८ वटा कार्यक्रमहरूको ठेक्का सम्झौता भई १२४ वटा कार्यक्रमहरूको निर्माण कार्य सम्पन्न भईसकेको छ। बोलपत्र आव्हान हुन नसकेका बाँकी २ हजार ९३ वटा कार्यक्रमहरू मध्ये २ सय ८८ वटा कार्यक्रमहरू बहुबर्षीय स्वीकृतिको लागि प्रस्तावित कार्यक्रमहरू हुन् भने ८० वटा कार्यक्रमहरू संशोधनको लागि प्रस्तावित कार्यक्रमहरू हुन् ।

संशोधनको लागि प्रस्तावित ८० वटा कार्यक्रमहरू मध्ये ४४ वटा संशोधन भई आइसकेको छ भने बाँकी संशोधन हुने प्रक्रियमा रहेको पनि सहरी विकास मन्त्रालयको भनाइ छ । १ हजार ४ सय छढ वटा पुराना ९क्रमागत तथा बहुबर्षीय स्वीकृत कार्यक्रमहरू० मध्ये चालू आर्थिक बर्षमा जम्मा २ सय ८० वटा कार्यक्रमहरू सम्पन्न भईसकेका छन् ।

सहरी विकास मन्त्रालयका कुन आयोजनाको अवस्था कस्तो ?

सभाहल र सिटिहलको निर्माण कार्य अन्तर्गत सुनसरीको लौकही सभाहल र बाँकेको नेपालगंज सिटिहलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा लौकही सभाहलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ ।

नेपालगञ्ज सिटिहलको ठेक्का अनुसारको निर्माण कार्य सम्पन्न भई विल फरफारकको अन्तिम चरणमा रहेको छ।

भैँसेपाटी स्थित मन्त्री निवासको दोस्रो चरणको निर्माण कार्य र चण्डीदल गणका लागि भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा हालसम्म भैसेपाटी स्थित मन्त्री निवासको दोश्रो चरणको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भई बाँकी निर्माण कार्य भइरहेको छ ।

चण्डीदल गणका लागि भवन निर्माण कार्य सम्पन्न भई हस्तान्तरणको प्रक्रियामा रहेको र प्रयोगमा भइसकेको सहरी विकास मन्त्रालयको भनाइ छ ।

यस आवमा सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको कार्यालय भवन, नेपालगंज सिटी हल निर्माण, दमक व्यापारिक कम्प्लेक्स, नेपाल राष्ट्र बैंक, बैंकिङ्ग कार्यालय, थापाथली, भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका स्थित ऐतिहासिक शंखदह पुननिर्माण कार्य, जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको इन्टेरियर कार्यको, पुल्चोक स्थित साँझा प्रकाशनको एनेक्स ब्लक र धनगढी सभाहल निर्माण कार्य सम्पन्न भई संचालनमा आएको छ ।

यस आव मा १०० किमी ग्रामीण कालोपत्रे सडक निर्माण हुने लक्ष्य रहेकोमा हालसम्म झापा, रोल्पा र पर्वत गरी ३ जिल्लाहरुमा जम्मा ८.६ किमी निर्माण भएको छ।

जम्मा ३० वटा स्थानीय सडक पुल निर्माण गर्ने लक्ष्य रहेकोमा गेरूका नदी पुल, सर्लाही, माडर पुल निर्माण, सिरहा, तपोवन चौलानी नदी मोटरेवल पुल दार्चुला, लिखु खोलापुल, सोलुखुम्बु र सुखचैना बुधौराको पूर्व पुल सिरहा गरी ५ वटा सडकपुल निर्माण सम्पन्न भईसकेको छ।

मन्त्रालयका अनुसार ३३० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म १६२ वटा झोलुंगे पुल निर्माण सम्पन्न भएको छ।

स्थानीय तहबाट हुने सार्वजनिक सेवा प्रवाह सहज रूपमा दिने उद्देश्यका साथ यस मन्त्रालयले ६८ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण गर्ने लक्ष्य रहेकोमा हालसम्म ३६ वटा स्थानीय तहहरुको प्रशासकीय भवनको निर्माण कार्य सम्पन्‍न गरी सार्वजनिक सेवा सुचारू भएको छ ।

१२९ वटा पालिकाका प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेका छन्। गणेशमान स्मृति समावेशी भवन निर्माण कार्य पनि अन्तिम चरणमा रहेको छ।

यस आवमा १७२३ हेक्टर सिंचित क्षेत्रफल वृद्धि गर्ने उद्देश्य रहेकोमा साना सिंचाइ कार्यक्रम कार्यान्वयन अन्तर्गत ६७८ हेक्टर क्षेत्रमा सिंचाई सुविधा पुगेको छ ।

Skip This