खाद्य विभाग र महानगरबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने सहमतिमा हस्ताक्षर

काठमाडौं । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नका लागि सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार विभागको कार्यालयमा महानगरपालिका र विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाको तर्फबाट महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधी न्यौपाने र विभागका तर्फबाट महानिर्देशक सञ्जीवकुमार कर्णले सहमति पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै विभागका महानिर्देशक कर्णले विभागको संरचना ७५३ वटै पालिकामा निर्माण नभइसकेको भन्दै खाद्य स्वच्छता, गुणस्तर कायम गराउने काम तीन तहकै भएको जिकिर गरे ।

काठमाडौं महानगरपाकिलासँग आज सुरुवात मात्रै गरिएको र आगामी दिनमा ७५३ वटै पालिकामा पुर्‍याउने लक्ष्य रहेको उनको भनाइ छ ।

खाद्य वस्तुहरुको गुणस्तरहरुको बारेमा विभागको अनुभव लामा भए पनि पर्याप्त श्रोत साधनका कमीका कारणले आवश्यक काम गर्न नसकेको उनको भनाइ छ । खाद्य प्रविधि लगायतका दक्ष प्राविधिकहरु राखेर अनुगमन र नियमन कार्यमा सहयोग गरेको खण्डमा सबै नेपालीहरुको स्वास्थ्यको सुरक्षा हुने उनको भनाइ छ । महानगरपालिकामा खाद्य स्वच्छता र गुणस्तरको रुपमा छुट्टै निकाय राखेर अनुगमन र नियमन गर्नुपर्नेमा उनले जोड दिए ।

काठमाडौं । खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरपालिकाबीच खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्नका लागि सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार विभागको कार्यालयमा महानगरपालिका र विभागबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाको तर्फबाट महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधी न्यौपाने र विभागका तर्फबाट महानिर्देशक सञ्जीवकुमार कर्णले सहमति पत्रमा हस्ताक्षर गरे । कार्यक्रममा बोल्दै विभागका महानिर्देशक कर्णले विभागको संरचना ७५३ वटै पालिकामा निर्माण नभइसकेको भन्दै खाद्य स्वच्छता, गुणस्तर कायम गराउने काम तीन तहकै भएको जिकिर गरे ।