गर्मी मौसम सुरु भएसँगै फेरी निः शुल्क मोहि अभियान सुरु

1.6k
Shares

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै रोकिएको निःशुल्क मोहि अभियान फेरी आजदेखि सुरु भएको छ ।

नेपाल डेरी एसोसिएशन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालि काठमाडौंको सहकार्यमा फेरी यो अभियान सुरु भएको हो ।

एशोसिएसन र रैथानेबीच डेढ बर्षअघि प्रत्येक शनिबार काठमाडौंको दरबारमार्गस्थित ओरियन्ट होटलमा आयोजना हुने रैथाने कृषि उपज बिक्रि वितरण हाट बजारमा मोहि अभियान गर्ने सम्झौता भएको थियो ।

सोहि सम्झौताअनुसार फेरी सुरु भएको हो । जाडो मौसममा मोहि खाने चलन नभएकाले उक्त अवधीभर यो अभियान रोकिएको थियो ।

यो अभियानअन्तर्गत प्रत्यक्ष रुपमा ठेकीमा मोही बनाएर आगन्तुकलाई निःशुल्क सेवन गराउने कार्यक्रम हुँदै आएको छ ।

पूर्व राष्ट्रपतिका साथै प्रधानमन्त्री, मन्त्रीहरु, पशुसेवा विभाग, राष्ट्रिय दुग्ध विकास बोर्ड, सांसदहरु, समाजसेवी, उद्योग वाणिज्य महासंघका पदाधिकारीलगायतकाले यो अभियानको प्रवद्र्धन गर्दैआएका थिए ।

यो अभियानका कारण पछिल्लो दुई बर्षयता राजधानीमा मात्रै होइन, उपत्यकाबाहिर पनि शुभ कार्यक्रमहरुमा चियो पेयजन्य पदार्थको साटो मोहि खुवाउने चलन बढ्दै गएको छ । मोहि स्वास्थ्यवद्र्धक भएकाले पछिल्लो समयमा यसको खपत पनि बढ्दै गएपछि नेपालका स्वदेशी डेरी उद्योगीहरुले मोहिको छुट्टै प्याकेजिंग र लेवलिंग गरेर बजारमा बिक्रीसमेत गर्न थालेका छन् ।

यसै क्रममा नवप्रभात डेरी उद्योग ललितपुरले पनि लेबलिङ र प्याकेजिङमा ‘प्रभात मोही’ भनेर यो उत्पादन बजारमा ल्याएको नेपाल डेरी एशोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए ।

चैत २ गते (शनिबार) दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारको ओरियन्ट होटलबाट उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आतिथ्यता तथा उद्योग उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेत, केन्द्रिय सदस्य पशुपतिदेव पाण्डे, कमला श्रेष्ठ, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दिप प्रसाद धमला, बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेलगायतका पदाधिकारीहरुले यो नयाँ उत्पादनको सार्वजनिक गरेका छन् ।

एसोसिएसनका अध्यक्ष तथा मोही अभियानका अभियन्ता दाहालले मोहीलाई ब्राण्डिङ गरि हरेक उपभोक्ताको हात हातमा पुर्‍याउने लक्ष्य पूरा भएको बताए

उद्योग वाणिज्य महासंघ अन्तरगतको कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेतले नेपाल डेरी एसोसिएसनले दुध तथा दुग्ध पदार्थ विविधीकरण गरि बजारमा पुर्‍याउन धेरै ठूलो मिहिनेत गरेको बताए ।

रैथानेका अध्यक्ष तिलक ढकालले समग्र कृषि क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्ने र अझ दुग्ध क्षेत्र कृषि भित्रको पनि एक प्रमुख क्षेत्र रहेको कुरा बताए ।

प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले धेरै वर्षपछि यसरी ठेकीमा प्रत्यक्ष मोही तुल्याउँदा गाउँघरमा बुवा, आमा, हजुरबुबा, हजुरआमाले मोही तुल्याएको याद आएको सम्झना गराउँदै महासंघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम ल्याई मौलिक उत्पादनको संरक्षण गरेको बताए ।