
काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा शनिबार ठूलो गोलभेडा २२.३३ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।
यस्तै सानो गोलभेडा १८, रातो आलु ३२.६७, प्याज ५५.६७, गाजर लोकल ३५, गाजर तराई २२.६७, बन्दा लोकल १०, बन्दा नरिवल १२.३३, स्थानीय काउली १७.६७, स्थानीय काउली ज्यापु १७.६७, सेतो मुला १७.६७, लाम्चो भान्टा ४५, डल्लो भान्टा ५५, मटरकोशा ४५, घिउ सिमी लोकल २७.६७, घिउ सिमी हाइब्रीड २७.६७, घिउ सिमी राजमा ८५ र टाटे सिमी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तै तिते करेला ९५, लौंका ४५, परवर लोकल ११५, परवर तराई १५५, घिरौला ६५, झिगुनी ६५, पाकेको फर्सी ५५, हरियो फर्सी लाम्चो १२.३३, हरियो फर्सी डल्लो १२.३३, भिण्डी ११५, बरेला ३५, पिडालु ९५, स्कुस ३५, रायो साग ३५, पालुङ्गो साग ५५, चमसुर साग ७५, तोरीको साग ३५, मेथीको साग ५५, प्याज हरियो २५, बकुला ४५, तरुल ८५, कन्ये च्याउ १००, डल्ले च्याउ २६६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ३५, सजिवन(मुन्गा) १४५, बन्दा रातो ४५, जिरीको साग ४५, सेलरी १२६.६७, पार्सले २७६.६७, अदुवा ९०, भेडे खुर्सानी ८५ र नेपाली लसुन २२५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।
यस्तो छ कालिमाटी बजारमा शनिबारको तरकारीको थोक मूल्य



प्रतिक्रिया