साफ यु–१९: नेपाल र भारत एकै समूहमा

175
Shares

काठमाडौं । साफ यु–१९ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा परेका छन् । भारतको अरुणाञ्चल प्रदेशमा हुन लागेको प्रतियोगिताको मंगलबार काठमाडौंमा ड्र गरिएको थियो ।

गत वर्ष सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यु–२० को नाममा प्रतियोगिता भएको थियो । फाइनलमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो ।

सहभागी ६ टोलीलाई दुई समूहमम विभाजन गरिएको छ । समूह ए मा माल्दिभ्ससँगै भुटान र साबिक विजेता बंगलादेश छन् ।

समूह बी मा आयोजनक भारतसँगै नेपाल र श्रीलंका परेका छन् । प्रतियोगितामा पाकिस्तानले भाग नलिने भएको छ ।