
विराटनगर । ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबलको उपाधिकालागि बुधवार साँझ विराटनगरको सहिद मैदानमा थ्रिस्टार र चर्च ब्वाइज यूनायटेड आमने सामने हुँदै छन्।
सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराट गोल्डकप पहिलो पटक चुम्न उत्साहित देखिँदा थ्रिस्टार दोस्रो पटक गोल्डकपको उपाधि हात पार्ने दाउमा रहेको छ ।
यो प्रतियोगिता नवौं संस्करणमा पुग्दा चर्च ब्वाइजले पहिलो पटक फाइनल यात्रा गरेको हो भने । थ्रिस्टारले २०७५ मा त्रिभुवन आर्मी क्लवको चुनौती ३–० गोलले पन्छाउदै पाँचौ संस्करणको उपाधि चुमी सकेको छ ।
थ्रिस्टारले मछिन्द्र र त्रिभुवन आर्मीको चुनौती पन्छाउँदै ९ औं संस्करणको उपाधिको दावेदारी प्रस्तुत गरेको हो । यसले क्वाटरफाइलनमा मछिन्द्रलाई २–१ गोलले र सेमिफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै फाइनल यात्र तय गरेको हो ।
विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसको चुनौतीलाई पन्छाउँदै उपाधि प्रतिष्पर्धाका लागि थ्रिस्टारसँगको भेट पक्का गरेको थियो । चर्च ब्वाईजले क्वाटरफाइलमा एनआरटीलाई २–० ले र सेमिफाइनलमा पुलिसलाई १–० गोलले हराएर फाइनलमा यात्रा गरेको हो ।
चर्च ब्वाइज र थ्रिस्टार वीच यो सिजनमा पहिलो पटक बुधवार शहिद मैदानमा विराट गोल्डकपका उपाधिका नाममा भेट हुँदै छ । लिग बिजेता चर्च ब्वाइजले एनआरटी र पुलिस जस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले पनि यो टिमको मनोबल उच्च देखिएको छ ।
उता थ्रिस्टार पनि दोस्रो पटक गोल्डकपको उपाधि जितेर इतिहास रच्ने दाउ सहित बुधवार शहिद मैदानमा प्रवेश गर्दै छ । थ्रीस्टार पाँचौ संस्करणको विराट गोल्डकपको उपाधि जितेको थियो । त्यसबेला आर्मीको चुनौती ३–० गोलले टार्दै थ्रीस्टारले उपाधि उचालेको थियो ।
विराट गोल्डकपको उपाधि हात पारेर चर्च ब्वाइजले यो सिजनमा चार वटा गोल्डकपको उपाधि चुम्ने लक्ष्य लिएको छ । यो सिजनमा ९ वटा खेलमा ८ वटा गोल्डकपको फाइलनमा पुग्दा तीन वटा चर्च ब्वाइजले उपाधि जितेको छ । जस मध्ये चर्च ब्वाइजले फिदिम फागुनन्द, झापा कप, र बागमती गोल्कडपको उपाधि जितेको छ ।
सहिद रंगशालमा मंगलबार भएको प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि बुधवार रात्रीकालीन खेल खेल्ने वताएका छन् ।
चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलो पटक फाइलनमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए ।
‘यो सिजनमा हामीले मोफसलमा तीन वटा गोल्डकपको उपाधि जिति सकेर उत्पाहित वनेका छौ ।, श्रेष्ठले भने विराट गोल्डकपको उपाधि पनि जित्ने आत्माविश्वास बढेको छ ।, उपाधि उचालेर इतिहास रच्ने टिमको लक्ष्य छ । उनले भने, विराट गोल्डकपसहित यो सिजन मोफसलका चारवटा उपाधि बोकेर घर फर्केने लक्ष्य छ ।’
चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे । पहिलो पटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे । ‘थ्रीस्टार मुलुकका फुटवलको राम्रो मध्येको टिम हो । फाइलनमा हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्रै लक्ष्य रहेको छ,’ उनले भने ।
यता थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने बताए । ‘फाइलनमा हामीले क्याप्टेन योगेश गुरुङलाई धेरै मिस गर्नेछौं । डबल यल्लो कार्ड पाएकोले फाइलनमा कप्तान योगेशको खेल हेर्न पाउने छैनौ । तर पनि हामी उत्कृष्ट खेलाडी ल्याउनेछौं,’ उनले भने । फाइलनमा कसको कप्तानमा टिम मैदान उतार्नुहुन्छ ? भनेर सोधिएको प्रश्नमा उनले भने, ‘अहिले हामी टिम वर्कमा छौं । फाइनलमा कसलाई क्याप्टेनको जिम्मा दिने त्यो खेल अगाडी मात्रै थाहा हुनेछ । अहिले हामी छलफलमा छौं ।’ थ्रीस्टारका कप्तान योगेश गुरुङले आफु फाइनलमा मैदान प्रवेश नगरेपनि राम्रो टिमवर्क भएकोले उपाधी जित्ने गरि खेलाडी मैदान उत्रिने बताए । प्रतिस्पर्धी टिम बलियो छ । रणनीति अनुरूप खेल्दै आफु नभएपनि उपाधि जित्नेमा ढुक्क रहेको उनले बताए ।
२०१८ सालदेखि महेन्द्र गोल्डकपका नाममा २८ औ सस्करण सम्म महेन्द्र गोल्डकपका नाममा सञ्चालन भएर २०६२÷६३ को राजनीतिक परिवर्तनसँगै २०६८ सालदेखि यो प्रतियोगिता विराट गोल्डकपमा परिणत भएको मोफसलकै प्रतिष्ठीत प्रतियोगितामा गनिन्छ ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागीता रहेको थियो । प्रतियोगिताको बिजेताले ट्रफी सहित ११ लाख र उपबिजेतालाई ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी उत्कृष्ट प्रशिक्षकलाई १५ हजार, उत्कृष्ट गोलरक्षकलाई १५ हजार, सर्वाधिक गोलकर्तालाई नगद १५ हजार र प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई ५१ हजार नगद पुरस्कारको व्यवस्था छ ।
प्रतियोगिताका संयोजक नविन रिजालका अनुसार प्रतियोगिता समापन सम्ममा १ करोड ३५ लाख रुपैयाँ भन्दावढी रकम गोल्डकपका नाममा खर्च हुने छ ।
प्रतिक्रिया